सुनको भाउ तोलमा २ हजार ३ सय रुपैयाले बृद्धि
सरकारले भन्सार दर बढाएसँगै सुनको मूल्य ह्वात्तै बढेको हो । बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा दुई हजार ३ सय रुपैयाँले वृद्धि भएको हो । बुधबार प्रतितोला एक लाख ३८ हजार २ सय मा कारोबार भएको छापावाल सुन आज एक लाख ४० हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ ।तेजाबी सुनको भाउ पनि बढेको छ । तेजाबी सुन बुधबार प्रतितोला एक लाख ३७ हजार ५ सय ५० मा कारोबार भएको थियो । आज यो सुन प्रतितोला एक लाख ३९ हजार ८ सयमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा तेजाबी सुनको मूल्य तोलामा दुई हजार २ सय ५० ले वृद्धि भएको छ । चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला एक हजार ९३० मा कारोबार भएको चाँदी आज एक हजार ९ सयमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आर्थिक वर्ष २०८१÷०८२ को बजेटमा सुनमा भन्सार दर बढाएर २० प्रतिशत कायम गरेपछि त्यसको असर मूल्यमा देखिएको हो । यसअघि सुनको भन्सार दर १५ प्रतिशत मात्रै थियो ।
प्रतिक्रिया