तलब सुविधा विवादमा सामसुङ इलेक्ट्रोनिक्स कामदारहरु हडतालमा

दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्सका कामदारहरूले तलब सम्बन्धी व्यवस्थापनसँगको वार्तामा रोक लगाएको आक्रोशित हुँदै त्यसको विरुद्ध हडतालमा उत्रने चेतावनी दिएका छन् । तलब सुविधा सम्बन्धी लामो समयदेखि चलिरहेको विवादमा सामसुङ इलेक्ट्रोनिक्स व्यवस्थापन र कम्पनीको कर्मचारी युनियनले जनवरीदेखि नियमित वार्ता गर्दै आएका छन् । वार्तामा सहमति हुन नसक्दा उनीहरूबीचको मतभेदलाई कम गर्न दुवै पक्ष असफल भएका छन् । कामदारहरूले वार्ता असफल भएको विरोधमा पहिलो पटक वाकआउट चिन्ह लगाउने भएका छन् । सोही क्रममा उनीहरुले बुधबारबाट सार्वजनिक प्रदर्शनी थालेका हुन  । व्यवस्थापनले मजदुरलाई बेवास्ता गर्ने प्रवृत्तिका कारण हडताल घोषणा गरिएको युनियनको भनाइ छ । विश्वका ७४ देशमा व्यापार विस्तार गरेको सामसुङमा २ लाख ७० हजार कामदारले रोजगारी पाएका छन् । 
 

प्रतिक्रिया