नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

साताको पहिलो कारोबारको दिन आज शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव १४ अंकले घटेर दुई हजार एक सय नौ दशमलव ३४ विन्दुमा झरेको हो । आज एक करोड १० लाख कित्ता चार अर्ब ४४ करोड ४१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै आईएमई लाइफ इन्सुरेन्स र सीईडीबी हाइड्रोपावर कम्पनीको साढे १५ करोड रुपैयाँभन्दा धेरैका दरले कारोबार भएको छ । आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त र इन्फिनिटी लघुवित्तको शेयर झण्डै साढे ६ प्रतिशतले घटेको छ । बजार घटेको दिन आज कालिञ्चोक दर्शन प्रालिको शेयर १० प्रतिशतले बढेको छ । आज होटल र म्युचुअल फण्डबाहेक अरू सबै समूहको शेयर ओरालो लागेका छन । कारोबारमा आएका २९ वटा कम्पनीको मूल्य बढ्दा  २१५ वटाको घटेको छ भने ३ वटाको स्टकको मूल्य भने स्थिर रहेको छ ।। 

प्रतिक्रिया