बजेटमा स्रोतबिहीन योजनाहरुलाई पहिलो प्राथमिकता दिनुपर्छः अध्यक्ष सिंह

काठमाडौं । नेपाल निर्माण व्यवसाय महासंघका अध्यक्ष रवि सिंहले आगामी आर्थिक वर्षको बजेटमा श्रोत बिहीन आयोजनाहरुलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् । सरकारले विगतमा स्रोत सुनिश्चिता गरेर अघि बढाएका आयोजनाहरुमा अहिले स्रोत बिहीन भएर अलपत्र रहेकाले त्यस्ता आयोजनाहरु खारेज गरेर बजेट ल्याउनुपर्ने बताएका हुन् । अध्यक्ष सिंंहले सरकारले ५ खर्ब ८५ अर्बको योजनाहरुले जनतालाई अनावश्यक आशा जगाएको तर निर्माण सम्पन्न गर्न स्रोत नभएको बताए । उनलृे  पुँजीगत खर्चमा वृद्धि गरी साधरण खर्चमा कटौती गर्न आवश्यक रहेको बताए । अध्यक्ष सिंहले  निर्माण व्यवसायीहरुले करिव एक वर्षदेखि भोग्दै आएको भुक्तानीको समस्या वर्तमान अर्थमन्त्री आएपछि पनि समाधान नभएको गुनासो गरे । 
उनले अर्थमन्त्रीले आफु आउने बित्तिकै निर्माण व्यवसायीहरुलाई दिनुपर्ने ४० अर्ब भुक्तानी जोहो गर्ने भने पनि अहिलेसम्म व्यवसायीहरुले नपाएको बताए उनले सरकारले भुक्तानी गरेको भन्दा  भुक्तानीको दायित्व थुप्रेर गएको भन्दै अझै पनि राज्यले ७० अर्ब रुपैयाँ भुक्तानी नगरेका कारणले चालु आर्थिक वर्षमा व्यवसायीहरुले काममा तदारुकता देखाउन नसकेको बताए ।

प्रतिक्रिया