दोहोरो अंकले बढ्याे नेप्से, पाँच अर्ब २० करोडकाे काराेबार

शेयर बजार लगातार तेस्रो दिन दोहोरो अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ९४ अंकले बढेर दुई हजार एक सय १५ दशमलव ९४ विन्दुमा पुगेको हो । दोहोरो अङ्कले बजार बढेको दिन तीन सय १७ वटा कम्पनीका एक करोड ३२ लाख कित्ता शेयर पाँच अर्ब २० करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै पोखरा फाइनान्स कम्पनीको २४ करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ । आज जानकी फाइनान्स, नेरुडे मिर्मिरे लघुवित्त र सामुदायिक लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन साइन रेसुङ्गा विकास बैंकको शेयर भने चार प्रतिशतभन्दा धेरैले घटेको छ । आज विकास बैंक र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स, माइक्रोफाइनान्स, हाइड्रोपावर समूहको शेयर उच्च अंकले उकालो लागेको छ । आज ३ सय १७ वटा कम्पनीको शेयर कारोबार हुँदा १९४ कम्पनीको शेयर मूल्य बढको छ भने ४३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।। 

प्रतिक्रिया