शेयर बजारमा दोहोरो अंकले वृद्धि, नेप्से करिब २८ अंकले बढ्यो

शेयर बजार आज पनि दोहोरो अंकले बढेको छ । हिजो ४५ अंकभन्दा धेरैले बढेको शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ५४ अंकले बढेर दुई हजार ९२ विन्दुमा पुगेको हो । आज कारोबार रकम पनि बढेको छ । आज तीन सय १५ वटा कम्पनीका एक करोड ४३ लाख कित्ता शेयर पाँच अर्ब ८५ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा पोखरा फाइनान्स कम्पनीको १९ करोड रुपैयाँको शेयर खरिद बिक्री भएको छ । आज सामुदायिक लघुवित्त, बुद्ध भूमि हाइड्रोपावर, भगवती हाइड्रोपावर र नेरुडे मिर्मिरे लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन उपकार लघुवित्त कम्पनीको शेयर भने सात प्रतिशतभन्दा धेरैले घटेको छ । आज फाइनान्स, बीमा, उत्पादन र माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर बढेकोमा व्यापार, बैकिङ समूहको शेयर उच्च अंकले उकालो लागेका छन । आज ३ सय १५ कम्पनीको शेयर कारोबार भएकोमा १ सय ३४ वटा कम्पनीको शेयर मूल्य बढ्दा १ सय ७ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।। 
 

प्रतिक्रिया