शेयर बजारमा उत्साहजनक वृद्धि, नेप्से ४५ अंकले बढ्यो

मौद्रिक नीतिको तेस्रो समीक्षापछि शेयर बजारमा सकारात्मक प्रभाव छ । साताको पहिलो दिन शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४५ दशमलव ६९ अंकले बढेर दुई हजार ६४ दशमलव ४५ विन्दुमा पुगेको हो । आज कारोबार रकम पनि बढेको छ । आज एक करोड २२ लाख कित्ता शेयर पाँच अर्ब २५ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सीईडीबी हाइड्रोपावर कम्पनीको १४ करोड ८० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । फस्ट माइक्रो फाइनान्सको साढे ११ करोड बढीको सेयर कारोबार भएको छ ।  सबै समूहको शेयर बढेकोमा बीमा, बैंकिङ, उत्पादन समूहको शेयर उच्च अंकले उकालो लागेको छ । आज आत्मनिर्भर लघुवित्त, सबैको लघुवित्त, सामुदायिक लघुवित्त रेरुडे मिर्मिरे लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार बढेको दिन मान्डु हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । आज २ सय ३ कम्पनीको सेयर मूल्य बढेको छ भने ४० वटाको घटेको छ। यस्तै, ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।। 

प्रतिक्रिया