आर्थिक मन्दिको असरले भद्रपुरको राजश्व संकलन प्रभावित
आर्थिक मन्दिको असरका कारण आन्तरीक राजश्व कार्यालय भद्रपुरको राजश्व संकलन प्रभावित बनेको छ । कार्यालयले चालु आर्थिक बर्षको १० महिनामा लक्ष्य अनुरुप राजश्व संकलन गर्न नसकेको हो । कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि वैशाख मसान्तसम्म १० महिनामा २ अर्ब ३८ करोड २३ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ ।
कार्यालयले आयकरबापत १ अर्ब ११ करोड ८६ लख १२ हजार, बहाल करबापत २ करोड ३६ लाख ६८ हजार, ब्याज करबापत ६ करोड ८९ लाख , संकलन गरेको छ । यसैगरि अन्तःशुल्कबापत ३१ करोड ९७ लाख ६४ हजार, मूल्य अभिवृद्धि करबापत रु ८४ करोड ६७ लाख ४० हजार राजस्व सङ्कलन गरेको कार्यालयले जनाएको छ ।
राजश्व संकलनमा बढवा दिन करदाता सचेतना अभिवृद्धिकालागि सरोकारवालाहरुसँग अन्तरक्रिया र करदाता शिक्षा कार्यक्रमसमेत सञ्चालन गरिंदै आइएको कार्यालयले जनाएको छ । ताप्लेजुङ, पाँचथर, इलाम जिल्ला र झापाको मेचीनगर नगरपालिका, कनकाई नगरपालिका, भद्रपुर नगरपालिका, अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिका, बाह्रदशी गाउँपालिका, झापा गाउँपालिका, बुद्धशान्ति गाउँपालिका, हल्दिबारी गाउँपालिका र केचनाकवल गाउँपालिका कार्यालयको कार्यक्षेत्र रहेको छ । झापाका धेरै सिमेन्ट उद्योग कोरोना महामारीपछि बन्द छन् । भने व्यापारिक कारोबार सुस्त हुँदा राजस्व सङ्कलनको लक्ष्य प्रभावित भएको जनाइएको छ ।
प्रतिक्रिया