पेट्रोलमा ७ र डिजेल/मट्टितेल लिटरमा ५ रुपैयाँ घट्यो

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट बुधबार प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पेट्रोलमा ७ र डिजेल÷मट्टितेल लिटरमा ५ रुपैयाँ घटाएको निगमले जनाएको छ । नयाँ मूल्य बिहीवार बिहान १ बजेदेखि लागू हुने छ । मूल्य घटेसँगै पेट्रोल  पहिलो वर्गका लागि प्रतिलिटर एक सय ६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि रु एक सय ७० र तेस्रो वर्गका लागि  एक सय ७१ कायम भएको छ । डिजेल र मट्टितेल भने पहिलो, दोस्रो र तेस्रो वर्गका लागि प्रतिलिटर क्रमशः एक सय ५१ रुपैयाँ ५० पैसा, एक सय ५३ रुपैयाँ र एक सय ५४ रुपैयाँ पुगेको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जलाई पहिलो वर्गमा राखेको छ । यसैगरी सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गका रुपमा तोकेको छ ।।

प्रतिक्रिया