प्रदिता राजकर्णिकारको निधनप्रति राष्ट्रपति, प्रधानमन्त्री तथा सार्क चेम्बर अफ कमर्शवाट समवेदना प्रकट

एभिन्यूज खबरका कार्यकारी अध्यक्ष भाष्करराज राजकर्णिकारलाई पत्नी प्रदिता राजकर्णिकारको निधनप्रति राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतले दुःख प्रकट गरेका छन । राजकर्णिकारलाई समवेदन सन्देश पठाउने राष्ट्रपति पौडेलले प्रदिता राजकर्णिकारको निधनप्रति दुःख प्रकट गर्दै परिवारप्रति समवेदना प्रकट गरेका हुन । त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले पनि राजकर्णिकार परिवारमा परेको शोकप्रति सहानुभूति प्रकट गर्दै मृत आत्माको चीरशान्तिको कामना गरेका छन । त्यस्तै सार्क चेम्बर अफ कमर्श नेपाल च्याप्टरकातर्फवाट सार्क चेम्बर अफ कमर्शका उपाध्यक्ष चण्डिराज ढकाल र कार्यकारिणी सदस्य लगायतको टोलीले पनि बुढानिलकण्ठस्थित निवासमा पुगेर समवेदना प्रकट गरेको छ । राजकर्णिकार समाजका तर्फवाट अध्यक्ष किरण गोविन्द राजकर्णिकार सहितको टोलीले पनि परिवारप्रति समवेदना प्रकट गरेको छ । यसअघि पूर्वराजा ज्ञानेन्द्र शाह, विभिन्न राजनीतिक दलका नेता तथा संघसंस्थाका प्रतिनिधिले पनि समवेदना प्रकट गरेका थिए । श्रीमति प्रदिता राजकर्णिकारको आईतबार विहान ६० वर्षको उमेरमा मुटु सम्बन्धी समस्यावाट उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको थियो । अहिले राजकर्णिकार परिवार बुढानिलकण्ठस्थित निवासमा बौद्ध परम्परा अनुसार किरियामा रहेको छ ।

प्रतिक्रिया