१६ औं योजनाले उत्पादन र रोजगारीलाई प्रमुख प्राथमिकता दिएको छ: उपाध्यक्ष श्रेष्ठ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले १६ औं आवधिक योजनाले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको बताएका छन । आज आयोगमा पत्रकार सम्मेलनमा उनले मुलुकको अर्थतन्त्रमा उत्पादन र रोजगारी न्युन भएकाले अहिले समस्या देखापरेको भन्दै १६ औं आवधिक योजनाले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको दाबी गरेका हुन । उपाध्यक्ष श्रेष्ठले तीन तहको सरकार आएपछि सरकारको प्राथमिकता पूर्वाधारमा केन्द्रित हुँदा सामाजिक सूचक खस्कन थालेको गुनासो समेत गरे । 
उपाध्यक्ष श्रेष्ठले १६ औं योजनामा सबैभन्दा विशेष रुपमा गरेको काम समस्यालाई गहिराइमा पुगेर अध्ययन भएको बताए ।  आगामी आर्थिक वर्षमा शुरु हुने पूर्वाधार निर्माणको आधारबाट आर्थिक वृद्धिदर ६ प्रतिशत हुने आँकलन आयोगले गरेको छ । आयोगले १६ औं आवधिक योजनामा आर्थिक वर्ष २०८५/८६ सम्म नेपालको कुल गार्हस्थ्य उत्पादन जीडीपी १ सय खर्ब रुपैयाँ भन्दा माथि पु¥याउने लक्ष्य राखेको छ । 
आयोगले पञ्चवर्षिय योजनामा २०८०/०८१ मा ५७ खर्ब माथि पुग्ने अनुमानका आधारमा २०८५/८६ सम्म जीडीपी १ सय ३ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने लक्ष्य राखेको हो ।  आर्थिक वर्ष २०८५/८६ मा नेपालको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पु¥याउने लक्ष्य १६ औं योजनाले लिएको छ । नेपालीको १ हजार ४५६ अमेरिकी डलर प्रतिव्यक्ति आय रहेकामा आगामी पाँच वर्ष अर्थात आर्थिक वर्ष २०८५/८६ सम्म प्रतिव्यक्ति आय वार्षिक २ हजार ३ सय ५१ अमेरिकी डलर पु¥याउने गरी प्रतिव्यक्ति आय बढ्ने लक्ष्य आयोगको छ । यस्तै गरिबीको रेखामुनि रहेको जनसंख्या १२ प्रतिशतमा झार्ने पनि आयोगको लक्ष्य लिएको छ । १६ औं योजनाले मुद्रास्फीति ५ प्रतिशतभित्र कायम राख्ने, औषत आयु ७३ वर्ष र साक्षरता ८५ प्रतिशत पु¥याउने,बेरोजगारी दर ५ प्रतिशतमा सिमित गर्ने १६ औं योजनाको लक्ष्य राखेको छ । योजनाले विद्युत उत्पादन ११ हजार ७ सय ६९ मेगावाट र विद्युत पहुँच शतप्रतिशत जनसंख्यामा पु¥याउने र इन्टरनेट ९० प्रतिशत जनसंख्यामा पु¥याउने लक्ष्य लिएको छ ।  कृषि क्षेत्रमा २१ प्रतिशत योगदान र गैरकृषि क्षेत्रमा ७९ प्रतिशत पु¥याउने लक्ष्य योजनाले राखेको छ । १६ औं योजनामा आगामी पाँच वर्षमा सार्वजनिक,निजी र सहकारी गरी २.६ प्रतिशतले लगानी बढाउने लक्ष्य राखेको छ ।
 

प्रतिक्रिया