१० महिना सकिँदा ४० प्रतिशत बजेट खर्च हुन सकेन

चालु आर्थिक वर्षको दश महिना सकिदा साठी प्रतिशत मात्रै बजेट खर्च भएको देखिएको छ । चालु वर्षको बजेट लक्ष्यको तुलनामा सरकारको खर्च आम्दानी निकै कम भएको हो । सरकारलmे १७ खर्ब ५१ अर्ब रूपैयाँको बजेट विनियोजन गरिएकोमा १० महिना सकिँदा १० खर्ब ५६ अर्ब रूपैयाँ मात्रै खर्च भएको हो । १० महिनाको अवधिमा ६२ प्रतिशत अर्थात् एक खर्ब ९२ अर्ब खर्च भएको हो । चालु खर्च र पुँजीगत खर्च गत वर्षको यही अवधिको तुलानमा समेत कम भएको देखिएको छ । चालु वर्षमा तीन खर्ब दुई अर्बको पुँजीगत खर्च विनियोजन गरिएको थियो ।  १० महिना सकिँदा एक खर्ब ११ अर्ब रूपैयाँको मात्रै भुक्तानी भएको छ । पुजिगत खर्च ३७ प्रतिशत मात्रै भएको तथ्यांकले देखाएको छ । गत वर्ष १० महिनामा एक खर्ब २५ अर्ब पुँजीगत खर्च भएको थियो । गत वर्षको भन्दा पनि पुँजीगत खर्च १० प्रतिशत कम भएको तथ्यांकले देखाएको छ । गत वर्ष १० महिनामा सात खर्ब ८६ अर्ब चालु भएको थियो। अहिले सात खर्ब ५२ अर्ब मात्रै भएको छ । उता चालु वर्षमा ४१ प्रतिशतको राजस्व वृद्धि हुने अनुमान गरेर १४ खर्ब २२ अर्ब संकलन हुने लक्ष्य राखिएको थियो तर १० महिनाको अवधिमा ५८ प्रतिशत मात्रै अर्थात् आठ खर्ब ३१ अर्ब मात्रै राजस्व संकलन भएको छ । यो अवधिको राजस्व वृद्धिदर १० प्रतिशत मात्रै छ ।। 

प्रतिक्रिया