आजदेखि घटेको ब्रोकर कमिसन दर लागु हुँदै

नेपाल धितोपत्र बोर्डले आजदेखि घटेको ब्रोकर कमिसन दर लागु हुँदै छ । अब न्यूनतम कारोबारका आधारमा ०.२४ देखि अधिकतम ०.३६ प्रतिशत कमिसन निर्धारण गरिएको छ । यसअघि, न्यूनतम ०.२७ र अधिकतम ०.४० प्रतिशतसम्म कमिसन लिने गरिएको थियो । अब घटेको बजारमा ब्रोकरहरूको आम्दानीमा कमी आउने छ । ५० हजार रुपैयाँसम्मको कारोबारमा यसअघि ०.४० प्रतिशत कमिसन लाग्दै आएको थियो । अब भने ०.३६ प्रतिशत लाग्नेछ । ५० हजारभन्दा माथि पाँच लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत कमिसन लाग्दै आएको थियो । अब ०.३३ प्रतिशत लाग्नेछ । यस्तै, पाँच लाखभन्दा माथि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत कमिसन लाग्दै आएको थियो । अब ०.३१ प्रतिशत लाग्नेछ । २० लाखदेखि एक करोडसम्मको कारोबारमा अब ०.२७ प्रतिशत कमिसन लाग्नेछ । यही कारोबारमा यसअघि ०.३० प्रतिशत लाग्दै आएको थियो ।यसअघि, एक करोडभन्दा माथि जतिसुकै कारोबारमा ०.२७ प्रतिशत कमिसन लाग्दै आएको थियो । अब ०.२४ प्रतिशत ब्रोकर कमिसन लाग्नेछ । लगानीकर्ताले लामो समयदेखि ब्रोकर कमिसन घटाउन माग गर्दै आएका थिए ।
 

प्रतिक्रिया