शेयर बजारमा सामान्य बृद्धि

साताको पहिलो दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आठ दशमलव २६ अंकले बढेर एक हजार नौ सय ७४ दशमलव ५० विन्दुमा पुगेको हो । आज तीन सय ११ वटा कम्पनीका ७८ लाख ५७ हजार कित्ता शेयर तीन अर्ब १५ करोड रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै साग्रिला विकास बैंकको १० करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ । सृजनशील लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै मानुषी लघुवित्तको शेयर साढे पाँच प्रतिशत र दोल्ती हाइड्रोपावर कम्पनीको शेयर पाँच प्रतिशतले घटेको छ ।आज फाइनान्स, होटल र माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर बढेकोमा बीमा समूहको शेयर उच्च अंकले उकालो लागेको छ । आज  १ सय २७ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ११ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

प्रतिक्रिया