आईपीएल क्रिकेटमा आज दिउसो कोलकत्ता र बैङ्गलुरु भिडदै

काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दुई खेल हुँदैछन । दिउँसो पौने ४ बजे हुने खेलमा कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैङ्गलुरुविच प्रतिस्पर्धा हुँदैछ । आजै हुने अर्को खेलमा बेलुका पौने ८ बजे पञ्जाब किंग्स र गुजरात टाईटन्स भिडनेछन । गएराति भएका खेलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई ६७ रनले पराजित गरेको छ । हैदराबादले दिएको दुई सय ६७ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ ओभर एक बलमा सबै विकेट गुमाएर एक सय ९९ रनमा समेटियो । यसअघि दिल्लीमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित ओभरमा सात विकेट गुमाएर दुई सय ६६ रन बनाएको थियो । सात खेलमा पाँचवटा जितेर १० अङ्क बनाएको हैदराबाद अंक तालिकाको दोस्रो स्थानमा छ । आठ खेलमा तीनवटा जितेको दिल्ली सातौं स्थानमा छ । शीर्षस्थानको राजस्थान रोयल्सको १२ अंक छ ।

प्रतिक्रिया