बाग्लुङको कुँडुलेमा शालिग्राम सङ्ग्रहालय निर्माणपछि पर्यटकको ओइरो

बाग्लुङमा शालिग्राम संग्रह गरी सङ्ग्रहालय निर्माण गरेपनि आन्तरिक तथा बाह्य पर्यटक बढेका छन । बाग्लुङ–४ कुँडुलेस्थित सङ्ग्रहालय धार्मिक पर्यटकीय क्षेत्रका रूपमा परिचित हुदै गैरहेको हो । बाघको मुखबाट छिरेर शालग्राम सङ्ग्रहालय अवलोकनको व्यवस्था मिलाइएपछि यहाँ पुग्ने पर्यटक दिनहुँ बढदै गएका छन । 
कालीगण्डकी नदिमा पाइने शालिग्राम बिस्तारै लोप हुदै गइरहेको समयमा सवा लाख शालिग्राम संग्रह गरि संग्राहलय बनाइएको हो । संग्राहलय हेर्न चीन ,जापान ,भारत लगायत देशवाट समेत पर्यटन पुग्ने गरेका छन । शालिग्रामको संरक्षणसँगै अनुसन्धानपनि गर्नपर्ने आवाज पनि उठेको छ ।  
त्रिशूल आकारमा भूगर्भभित्र ७६ मिटर लामो सुरुङ निर्माण गरी व्यवस्थित रूपमा संग्राहलय निर्माण गरिएको छ । गत बर्ष मात्र १ लाख भन्दा बढी ब्यक्तिले संग्राहलय अवलोकन गरेका छन । 
 

प्रतिक्रिया