भारतिय लोकसभाको पहिलो चरणको मतदान आजवाट सुरु

निर्वाचनको अन्तिम परिणाम जुन चारमा आउने

भारतमा संघीय संसद्को तल्लो सदन लोकसभा निर्वाचनअन्तर्गत आज पहिलो चरणको मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ६ बजे सकिने भारतको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरण अन्तरगत  अन्डमान निकोबार टापु, अरुणाचल प्रदेश, असम, बिहार, छत्तीसगढ, जम्मुकश्मिर, मध्यप्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नगाल्याण्ड, पुडुचेरी, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तराखण्ड, उत्तर प्रदेश र पश्चिम बंगालमा मतदान हुनेछ । पहिलो चरणअन्तर्गत २१ राज्य र केन्द्र शासित प्रदेशका १ सय २ स्थानका लागि मतदान हुनेछ । पहिलो चरणअन्तर्गत मतदान हुने २१ राज्य र केन्द्र शासित प्रदेशमध्ये १० वटा राज्य र केन्द्र शासित प्रदेशका सम्पूर्ण निर्वाचन क्षेत्रमा र बाँकी ११ वटाका केही मात्र निर्वाचन क्षेत्रमा मतदान हुनेछ । पहिलो चरणमा १६ करोड ६३ लाख मतदाताले मतदानमा भाग लिने भारतको निर्वाचन आयोगले जनाएको छ। १०२ सिटका लागि १ हजार ६ सय २५ उम्मेदवार चुनावी मैदानमा छन् ।  सात चरणमा हुने मतदानको अन्तिम परिणाम भने आगामी जुन ४ मा आउने तालिका छ ।  विश्वको सबैभन्दा बढी जनसंख्या अर्थात् करिब १ अर्ब ४४ करोड जनसंख्या रहेको भारतमा करिब ९६ करोड ९० लाख मतदाता छन् । मतदानका लागि देशभर करिब १५ लाख मतदानस्थल स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ । मतदानको व्यवस्थापन र सुरक्षाका लागि मतदान अधिकृत र सुरक्षाकर्मी गरी डेढ करोड जनशक्ति खटाइने छ ।यो चुनावमा  लगातार ३ पटक प्रधानमन्त्री बन्ने दौडमा नरेन्द्र मोदी नेतृत्वको एनडीए अझै शक्तिशाली भएर आउने प्रयासमा छ । लोकसभामा सामान्य बहुमतका लागि २ सय ७२ सिट जित्नु आवश्यक छ। मोदीको दल भाजपाले सन् २०१९ मा भएको लोकसभा निर्वाचनमा ३ सय ३ सिट जितेको थियो। विपक्षी भारतीय राष्ट्रिय कंग्रेसले जम्मा ५२ सीट जितेको थियो । 

प्रतिक्रिया