सहिद स्मारक सी डिभिजन लिग अन्तर्गत दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक सी डिभिजन लिग अन्तर्गत आज (शुक्रबार) दुई खेल हुँदैछ। लिगको आजको पहिलो खेलमा सानेपा क्लब र बागमती युथ क्लब खेल्नेछन्।  ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ।  सोही मैदानमा आजै हुने दोस्रो खेलमा रानीवन स्पोट्र्स क्लान र महावीर स्टडिज एण्ड एथ्लेटिक्स एसोसिएसन खेल्नेछन्। सो खेल अपरान्ह सवा ४ बजे सुरु हुनेछ। यसअघि बिहीबार भएको लिगको पहिलो खेलमा खालीबारी युथ क्लबलाई १–० ले पराजित गर्दै आरसी ३२ ले विजयी सुरुवात गरेको छ । लिगको उपाधि विजेताले १० लाख तथा उपविजेताले ७ लाख रुपैयाँ प्राप्त गर्नेछ। तेस्रो हुने टोलीले ५ लाख रुपैयाँ पाउनेछ । 

प्रतिक्रिया