वचतकर्ताको रकम अपचलन गरी पर्वतका दुई सहकारीका व्यवस्थापक विदेशमा बेपत्ता
काठमाडौं । बचतकर्ताको रकम ठगेर विदेश फरार भएका सहकारी सञ्चालकहरुलाई ‘रेडकर्नर नोटिस’ जारी गरिदिन पीडितले प्रशासनसँग गुहारेका छन् । पर्वतको कुश्मास्थित ‘तपाई हाम्रो सहकारी संस्था’ ग्रामीण विकास सहकारी संस्था र माता पाथी भरा सहकारी संस्थाका सञ्चालकहरु बचत कर्ताको पैसा हिनामिना गरेर अमेरीका अस्टे«लीया लगायत मुलुक पुगेको भन्दै उजुरी दिएका हुन । बचत हिनामिना गरेका सहकारी सञ्चालकहरुलाई पक्राउ गरी लगानी उठाएर बचत फिर्ता गराउन सहकारी पिडीतहरुको माग रहेको छ ।
सहकारी सञ्चालक र कार्यसमितिको भरमा हुँदा बचतकर्ता र शेयरधनीले रकम कहाँ कसरी खर्च भएको छ भन्ने जानकारी समेत पाएका छैनन । पवर्त प्रहरीले सहकारी ठगी गरेर भागेकालाई प्रक्रिया पु¥याएर ‘डिफ्युजन नोटिस’ र रेडकर्नर नोटिस जारी गर्ने पहल भईरहेको जनाएको छ ।
समस्यामा रहेका सहकारीहरुले विशेष साधारणसभा गरेर बचतकर्ताको रकम फिर्ताको प्रक्रिया थाल्न प्रशासनले आग्रह गरेको छ । विषेश साधारण सभा गरेर लगानी उठाउने बचत कर्ताको रकम फिर्ता गराउने प्रकृया थाल्न प्रशासनले निर्देशन दिएको हो ।
पर्वतमा तीन सहरकारीका सञ्चालकहरुले बचत कर्ताको ५५ करोड रुपैयाँ रकम ठगी विगो दावी गरीएको छ । जसमा ३४ जना फरार रहेका छन भने ६ जना पक्राउ परेर पुपक्षको लागि कारागार चलान भएका हुन ।
प्रतिक्रिया