सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजपनि जारी

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज पनि जारी छ । बैठकमा हिजोको बैठकबाट प्रस्तुत भएका चारवटा प्रतिवेदन र प्रस्तावमाथि छलफल हुनेछ । बिहीबारबाट सुरु भएको कार्यसमितिको बैठकमा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक विषयको प्रतिवेदन, महमन्त्री गगन थापाले सांगठनिक प्रतिवेदन र उपसभापति पूर्णबहादुर खड्काले महासमितिको बैठकमा प्रस्तुत हुने नीतिगत प्रस्ताव पेश गरेका थिए ।छलफलबाट परिमार्जनसहित प्रवितेदन महासमितिको बैठकमा लैजाने कांग्रेसको तयारी छ । बिहीबारको बैठकमा पार्टीको तर्फबाट सरकारमा सहभागी भएका अर्थमन्त्री डा.प्रकाशशरण महतले देशको अर्थतन्त्रको अवस्थामा र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयले गरेको कामकारबाहीको बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया