बेलायतका मन्त्री एन्ड्रयु मिचेल नेपाल भ्रमणमा आउदै

बेलायतका विदेश, राष्ट्रमण्डल र विकास कार्यालयका राज्यमन्त्री एन्ड्रयु मिचेल माघ २९ गतेदेखि नेपाल भ्रमणमा आउने भएका छन् । दुई दिनसम्म हुने नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका नेताहरुसँग उच्चस्तरीय भेटघाट गर्ने जनाइएको छ । भ्रमणको क्रममा उनले बेलायतद्वारा सञ्चालित विभिन्न परियोजनाको अवलोकन समेत गर्ने बताइएको छ । परराष्ट्र मन्त्रालय राज्यमन्त्री मिचेलको भेटघाट लगायतका कार्यक्रमको तयारीमा जुटेको छ । 

प्रतिक्रिया