अध्यागमन विभागले आजदेखि ई–भिसा लागू गर्ने

अध्यागमन विभागले आजदेखि ई–भिसा लागू गर्ने भएको छ । विभागले ईरु–भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सेवाको औपचारिक शुरुवात गर्न लागेको हो । यो सेवाको औपचारिक आज गृहमन्त्री नारायणकाजी श्रेष्ठले गर्ने कार्यक्रम छ । केही समय अघिदेखि परीक्षणका रूपमा शुरु गरिसकेको सेवा पूर्णरूपमा सफल भएपछि औपचारिकता दिन लागिएको हो । बढीभन्दा बढी पर्यटक भित्र्याउन र उनीहरूलाई सहजता प्रदान गर्न ई–भिसा लागू गर्न लागेको विभागको भनाइ छ । अब नेपाल आउन चाहने पर्यटकलाई भिसाका लागि दूतावास धाउनुपर्ने र विमानस्थलमा लाइन लाग्नुपर्ने बाध्यता हट्ने विभागको भनाइ छ । यो भिसा प्रणाली लागु भएसँगै विदेशी नागरिकले जुनसुकै स्थानबाट भिसाका लागि आफैँ आवेदन  गर्न सक्नेछन् । 

प्रतिक्रिया