प्रतिनिधि सभाको बैठकमा प्रमुख दलका नेताहरुको सम्बोधन जारी

संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक जारी छ । संसद क्यालेण्डरअनुसार आजको बैठकमा दलीय आधारमा मन्तव्य राख्ने तथा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने दिनको जानकारी गराउने विषय पनि रहेको छ । सो क्रममा एमाले अध्यक्ष केपी ओलीले पनि सम्बोधन गर्ने तालिका छ । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मानव अधिकार समितिको प्रतिवेदनसहित सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी विधेयक छलफल गरियोस् भन्ने  प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

प्रतिक्रिया