धरहरामा निःशुल्क पार्किङ बन्द गर्न पठाइएको पत्रप्रति बालेन शाहको आक्रोश

पार्किङ बन्द नहुने बरु थप व्यवस्थित गर्दै लगिने स्पष्ट

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ ले धरहरा क्षेत्रमा हालै सञ्चालनमा ल्याइएको निःशुल्क पार्किङ बन्द गर्न पत्र आएको भन्दै आक्रोस व्यक्त गरेका छन् । उनले उदघाटन गरेको २ वर्ष ९ महिनापछि पनि धरहराको निर्माण पुरा नभएको भन्दै सामाजिक सञ्जालमा उनले अहिले आएर पार्किङ बन्द गर्नु गर्न भनेर पत्र लेख्नुलाई निर्लज्ज कार्य भनेका बताएका हुन । शहरी विकास मन्त्रालयले समन्वय नै नगरी निर्माणाधीन धरहराको बेसमेन्टमा पार्किङ गराएको भन्दै महानगरपालिकाको ध्यानाकर्षण गराएको थियो । प्रमुख शाहले निःशुल्क पार्किङलाई बन्द नगर्ने बरु थप व्यवस्थित गर्दै लगिने उल्लेख गरेका छन । पार्किङलाई ठेक्कामा लिएर रजाइँ गर्ने मनसाय पनि देखिएको शंका गर्दै उनले महानगरले निजी स्वार्थका लागि प्रयोग हुन नदिने चेतावनी समेत दिएका छन् । बालेनले उदघाटन गरेको २ वर्षभन्दा बढी समय भइसक्दा पनि पत्र लेख्नुको औचित्य के हो भनी प्रश्नसमेत गरेका छन । उनले तोकिएको समयमा निर्माण नहुने अनि हतारमा निर्माण भइ उद्घाटन हुने प्रवृत्तिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाउन पनि अनुरोध गरेका छन् । काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा पार्किङ निषेध गरेपछि केही दिनअघि मात्रै धरहरामा निःशुल्क पार्किङको व्यवस्था गरेको थियो । 

प्रतिक्रिया