महासमितिको बैठकका लागि देउवाले तोके आठ उपसमिति

नेपाली कांग्रेसले महासमितिको बैठकका लागि तयारी तिब्र पारेको छ । सभापति शेरबहादुर देउवाले महासमितिको तयारीका लागि आज उपसमिति संयोजक समेत तोकेका छन् । आगामी फागुन ७ देखि हुने महासमिति बैठकका मूल समितिका संयोजक सभापति देउवाले आठ नेतालाई उपसमिति संयोजक तोकेका हुन । देउवाले प्रचार प्रसार उपसमिति संयोजकको जिम्मेवारी मीन विश्वकर्मालाई तोकेका छन् । भोजन व्यवस्थापन उपसमितिको नेतृत्व उदय शम्शेर राणालाई दिइएको छ भने यातायात व्यवस्थापनमा धना खतिवडालाई तोकिएको छ । आवास समन्वय उपसमितिको संयोजक मदनबहादुर अमात्य बनेका छन् । स्वास्थ्य समन्वय उपसमितिमा उर्मिला नेपाल के.सी., प्रदेश समन्वय उपसमितिमा इन्द्रबहादुर बानियाँ, स्वयंसेवक परिचालन उपसमितिमा जीतजंग बस्नेत, र स्थानीय व्यवस्थापन उपसमितिको संयोजक जितेन्द्र श्रेष्ठ तोकिएका छन् । महासमिति बैठकको मूल समितिका संयोजक भने सभापति देउवा आफैँ हुन् । कांग्रेसको महासमिति बैठक ७ गतेदेखि फागुन १० गतेसम्म ललितपुरको गोदाबरीमा हुँदैछ ।
 

प्रतिक्रिया