संघीयताको नारा लिएर चुनावमा जाँदा जनताका साथ नपाउनु दुर्भाग्यपूर्णः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले पहिचान सहितको संघीयताको नारा लिएर चुनावमा जाँदा पनि जनताका साथ नपाउनु दुर्भाग्यपूर्ण रहेको बताएका छन । आज काठमाडौंमा आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उनले विगतमा पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान नारा लिएर चुनावमा जाँदा आदिवासी जनजातिले नै साथ नदिएको गुनासो गरेका हुन । प्रधानमन्त्री दाहालले पहिचानवादी पार्टी एकतावद्ध नरहनु, जनतालाई विश्वास दिलाउन नसक्नु आफूहरुको कमजोरी रहेको भने स्वीकार गरे । 
प्रधानमन्त्री दाहालले ०७० को निर्वाचन सकिएलगत्तै आदिवासी जनजातिकै स्थापित नेताले आफूसँग आदिवासी जनजाति नै पहिचान बिरोधीलाई दिएको गुनासो गरे । आदिवासी जनजातिका हक अधिकार स्थापित गर्ने कार्यमा सरकार लागिरहेको पनि उनले बताए । 
 

प्रतिक्रिया