यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य १८ निर्णय (सूचिसहित)
काठमाडौं । यही माघ २१ गते सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकका मुख्य १८ निर्णय सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले पत्रकार सम्मेलन गरेर मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २०८२ जेठ २, ३ र ४ गते काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्ने निर्णय गरेको छ ।
बैठकले काठमाडौं, भक्तपुर र ललितपुरभित्रका सम्बन्धित मुद्दाको काम कारवाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित काठमाडौं उपत्यका मुकाम रहने गरी उपभोक्ता अदालत गठन गर्ने निर्णय समेत गरेको छ ।
यस्तै बैठकले सहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालन हुने कार्यक्रमका लागि चालू आर्थिक वर्षमा अधिकृत स्तरका थप १० अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।
हेर्नुहोस् मन्त्रिपरिषद् बैठकका निर्णय
प्रतिक्रिया