बढ्यो सुन चाँदीको मूल्य

काठमाडौं । सुन चाँदीको मूल्यमा वृद्धि भएको छ । स्थानीय बजारमा प्रतितोला सुनको मूल्य २ हजार ३ सयले बढेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज (शुक्रबार) छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ८ सयमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख ६० हजार ५ सयमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला ३० बढेर १ हजार ९ सय १५ मा कारोबार भइरहेको छ । बिहीबार सोही परिमाणको चाँदी १ हजार ८ सय ८५ मा कारोबार भएको थियो ।
रासस 

प्रतिक्रिया