हमासको कब्जामा रहेका विपिन जोशी जीवित रहेको पुष्टि, रिहा हुने सूचीमा समावेश
एजेन्सी । हमासको कब्जामा रहेका नेपाली नागरिक विपिन जोशी जीवित रहेका टाइम्स अफ इजरायलले पुष्टि गरेको छ ।
विपिन जीवित छैनन् कि भन्ने आशंकाका माझ हमासले रिहा गर्न लागेकाहरूको सूचीमा एक नेपाली पनि उल्लेख गरिएको हो । गाजामा अझै आठ थाई बन्धकहरू साथै एक नेपाली र एक तान्जानियाली जीवित रहेको इजरायलका सञ्चार माध्यमले जनाएका छन् ।
उनीहरु पनि युद्धविराम सम्झौता अनुसार छिट्टै छुटने विश्वास गरिएको छ । विपिन जोशीलाई सन् २०२२ को अक्टोबर ७ मा हमासले इजरेलमा गरेको आक्रमणका क्रममा गाजा नजिकैको इजरेली शहर किबुत्ज अलुमिम बाट अपहरण गरेको थियो ।
आज गाजामा ३ जना इजरायली र ५जना थाइ नागरिकहरू मुक्त हुने क्रममा रहेका छन् । अहिलेसम्म दुई चरणमा बन्धकहरूको रिहाइ भइसकेको छ । छोडन लागिएका भनिएका बाँकी ८ जना इजरायली बन्धकको मृत्यु भैसकेको छ ।
२०२३ अक्टोबर ७ मा इजरायल गाजासीमा क्षेत्रमा हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । सो आक्रमणमा परी ४ जना घाइते भएका थिए । भने जोशीलाई हमास समूहले नियन्त्रणमा लिएर गाजा तर्फ लगेको समाचारमा उल्लेख छ
उनको रिहाइका लागि नेपाल सरकारले इजरायल सँगै कतार र इजिप्ट सँग समेत कूटनीतिक पहल गर्दै आएको छ ।
अर्थतन्त्र सुधारका लागि पहल जारी : मन्त्री पौडेल

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

अध्यक्ष दाहालले भने, विद्यार्थी नहुने तर नेता हुने स्थिति चुनावबाट अन्त्य भयो
पुलिस क्लब परिसरमा सञ्चालनमा आयो ‘द ब्लु पेभेलियन’
गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो : सञ्चारमन्त्री गुरुङ
_5MPvEqBnbv_enzpdf3pfo2uhuiuyqhjddbla3m93xfs4rp9njozpz73gx6vtrfibvzugg5v_hJXZRPv3vX_l7vcpply9rtznan67lnvsnurc352zsteo9tomxroihsmia5ss1mkogfz6axo.jpg)
प्रतिक्रिया