संरक्षण हुन सकेन हुड्के नाच

जुम्ला । जुम्लामा पछिल्लो समय हुड्के नाच लोप हुँदै गएको छ । कुनै बेला गाउँमा हुने प्रायः मेलापर्व, विवाह, व्रतबन्ध, सार्वजनिक कार्यक्रममा सुमधुर स्वरमा यो नाच नाच्ने गरिन्थ्यो ।
यहाँका आठवटै स्थानीय तहका धेरैजसो गाउँघर परम्परागत हुड्के नाचको धूनले गुञ्जायमान भइरहन्थे तर पछिल्लो समय भने आधुनिकताको प्रभावसँगै यो नाच लोप हुन थालेको छ ।
तिला गाउँपालिका–१ का कर परियारले गाउँघरमा सबैजना जम्मा भएर सुन्ने र हेर्ने मौलिक हुड्के नाच हिजोआज लोप हुन थालेको बताए । स्थानीय सरकार र सरोकार भएकाहरूले कुनै चासो नराख्दा यो नाच लोप हुने अवस्थामा पुगेको उनले गुनासो गरे ।
“हाम्रो पुस्ताले केही समय त यसको संरक्षणका लागि योगदान गर्यौँ तर एक पक्षले मात्रै चिन्ता गरेर नहुने रहेछ । समाज र सरोकार भएकाहरूले पनि चासो राख्नुपर्यो”, उनले भने, “स्थानीय सरकार वडापालिका र गाउँपालिकालाई संरक्षणका लागि माग राखे पनि त्यसको सुनुवाइ भएन ।”
सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले नाच संरक्षणका बारेमा स्थानीयको गुनासोबारे जानकारी प्राप्त भएको र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा त्यसलाई सम्बोधन गरिन प्रतिबद्धता व्यक्त गरे ।
तिला गाउँपालिका–१ का अध्यक्ष जङ्गबहादुर बस्नेत सरकार मात्र नभई नयाँ पुस्ताले यसबारेमा चासो नदिँदा पनि नाच लोप हुन थालेको बताउँछन् । आगामी आर्थिक वर्षमा आफ्नो क्षेत्रमा यस्ता परम्परागत संस्कृतिको संरक्षणका लागि आवश्यक कार्यक्रम तर्जुमा गरिने उनले बताए ।
खरखरेभिरको पहिरो रोकथाममा ढिलाइ
पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखरा जाँदै
मुग्लिन सडकखण्डको सेतीदोभान पुल बाट बस खस्दा २३ जना घाइते
खेर जाने केराको थम्बा बाट सामग्री उत्पादन

आजको मौसम : तराईमा हुस्सु, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
कथासङ्ग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन

प्रतिक्रिया