अर्थतन्त्रमा देखिएका समस्या सरकारले समाधान गरिरहेको छ : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्रमा देखिएका समस्याहरुलाई किस्ता–किस्तामा समाधान गरी रहेको दाबी गरेका छन् ।
नेपाल चार्टर्स एकाउन्टेन्ट्स संस्था (आइकन)को २८ औं वार्षिकोत्सव समारोह बोल्दै अर्थमन्त्री पौडेलले पछिल्लो समय अर्थतन्त्रमा देखिएका समस्या समाधानको लागि सरकारले किस्ताकिस्तामा समाधान गर्न चाहेको बताए ।
उनले अर्थतन्त्रलाई चलायमान बनाउँदै मुलुकमा लगानी,उत्पादन,रोजगारीलाई अभिवृद्धि गर्न र विदेशी लगानी आकर्षित गर्नका निम्ति प्रयास गरिरहेको बताए । उनले सरकारले आर्थिक क्रियाकलापलाई डिजिटल प्रविधिमा सम्पूर्ण रुपमा निर्भर रहनसक्ने गरी आत्मासाथ गरे पनि वर्तमान नयाँ टेक्नोलोजीका हिसाबले अगाडि बढ्न भने नसकेको बताए ।
उनले कर प्रणालीमा सरकारले चाहेको जस्तो सुधार गर्न अझै नसकेको भन्दै नेपाल चार्टर्स एकाउन्टेन्ट्सहरुले सुधारको लागि आवश्यक सहयोग गर्न आग्रह गरे । कुनैपनि व्यवसायीहरुले कर छल्न नसक्ने खालको कानून बनाउन नसकिएको उनी बताउँछन् । कर प्रणालीमा सुधार गर्न गरी राजश्वको उच्च वृद्धिको लागि सरकारसँग सहकार्यको माग गर्न उनको आग्रह छ ।
उनले सरकारले विदेशी लगानी प्रवद्र्धन र लगानीमैत्री वातावरण बनाउने कोशिस गरिरहेको भन्दै नेपाल चार्टर्स एकाउन्टेन्ट्सले थप भूमिका खेल्न आवश्यक रहेको बताए । उनले नेपालको पुँजीबजारलाई दिगो भरपर्दा र विश्वसनिय ढङ्गले अगाडि बढाउनका लागि कुनै पनि प्रकारका चिटिङहरुलाई प्रवेश हुन नदिनका लागि भुमिका खेल्न नेपाल चार्टर्स एकाउन्टेण्ट्सहरुलाई आग्रह गरेका छन् ।
उनले सुशासन र सेवालाई प्रभावकारी बनाउँदै कार्यान्वयनको लागि सरकारले एकैपटक २९ वटा कानूनलाई अध्यादेशमार्फत ल्याएको बताए । उनले आर्थिक गतिविधि चलायमान र लगानीमैत्री वातावरणको लागि अध्यादेश ल्याएको उल्लेख गरे ।
प्रतिक्रिया