धरानमा धुमधामसँग मनाइयो सोनाम ल्होसार
काठमाडौं । सुनसरीका तामाङ समुदायले नयाँ वर्ष सोनाम ल्होसार २८६१ धरानमा धुमधामसँग मनाएका छन् ।
नेपाल तामाङ घेदुङ संघ धरान उपमहानगरको आयोजनामा भएको पर्वमा सबै जातजाति, धर्म सँस्कृति तथा राजनीतिक दलहरुको उपस्थिति रहेको थियो । धरानको भानुचौकमा आयोजना गरिएको सो कार्यक्रममा सबैले सोनाम ल्होसारको शुभकामना दिएका थिए ।
पर्वको अवसरमा विहान सघले धरानको भानुचौकदेखि आफ्नो जातिय भेषभुसा डम्फू सहित अन्य जातिका सहभागितामा निकालिएको र्याली छाताचौक सिहदेबी, पुरानो बजारहुदै पुनः कार्यक्रम स्थलमा आएर शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय कलाकारद्वय प्रेम लामा र रन्जित लामा लगायतले बेजोड प्रस्तुति दिएका थिए । गरुड वर्षलाई बिदा गरी सर्प वर्षको स्वागत गरिने भएकोले यो पर्व तामाङ समुदायले हर्सोल्लासका साथ मनाउने गर्छन् ।
यो उत्सव माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने भएता पनि तामाङ समुदायमा विशेषगरी पाँच दिनसम्म घरघरमा उत्सव मनाइन्छ । तर पछिल्लो समय यो पर्व सार्वजनिक स्थलमा सबै एकै ठाउँ भेला भएर मनाउने प्रचलन बढ्दै गएको छ ।
पर्वका अवसरमा गुम्बाहरूमा पूजा, दज्र्यु गाड्ने, छो प्रसाद वितरण, शुभकामना आदानप्रदान, मान्यजनबाट आशीर्वाद लिने, चेलीबेटी र इष्टमित्रसँग भेटघाट गर्ने, सामूहिक भोज र साँस्कृतिक कार्यक्रमहरू सम्पन्न गरिने प्रचलन रहेको छ ।
कथासङ्ग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन

‘यो व्यवस्थाको हकदार माओवादी हो’
२७ वर्षपछि भाजपा दिल्लीको सत्तामा फर्कियो, आम आदमी सत्ता बाहिर
सामाजिक सञ्जाल सम्बन्धी विधेयकमा सरकारले स्वनियमनलाई प्राथमिकता दिएनः महासचिव…
सामाजिक सञ्जाल सम्बन्धी विधेयक परिमार्जन गरेर मात्रै पारित हुन्छः महामन्त्री शर्मा
माधव नेपालको आरोपः ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएका हुन्
पाथीभरा केबलकारमा ३ सय रोजगारी सिर्जना हुन्छ : अध्यक्ष ढकाल

प्रतिक्रिया