जो वैदेशिक रोजगारीबाट फर्केर दुग्ध उत्पादन व्यवसायमा लागे...
काठमाडौं । भोजपुरमा वैदेशिक रोजगारीबाट फर्केर दुग्ध उत्पादन व्यवसायमा लागेका युवा व्यवसायी दिपकुमार राई उदाहरणीय बनेका छन् । भोजपुरको पौवादुङमा गाउँपालिका १ श्यामशिलामा दूग्ध उद्योग सञ्चालन गर्दै आएका उनले युवाहरुमा उदहारण प्रस्तुत गरेका हुन ।
करिव दुई वर्ष अघिबाट यो व्यवसाय गर्दै आएका राईले व्यवसायबाट बार्षिक तीनदेखी चार लाखसम्म आम्दानी गर्दै आएका छन । आवश्यक तालिमसँगै राज्यबाट सहयोग भएमा व्यवसायलाई थप विस्तार गर्न सहज हुने राई परिवारको भनाइ छ । गाउँमा नै डेरी स्थापनाले किसानलाई सहजता भएको वडा कार्यालयले जनाएको छ । किसानहरुले दूध बिक्री गरेर घर खर्च टार्ने अवस्था बनेको वडाको भनाइ छ ।
कृषि तथा पशुपालनमा लाग्ने किसानलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि वडा कार्यालयले जनाएको छ । विदेशमा ५ वर्ष बढी विताएर आएका ३७ वर्षीय राईले आफु पनि स्वरोजगार बन्ने तथा अन्य किसानलाई सहयोग गर्ने उद्देश्यले डेरी सञ्चालन गरिरहेका हुन ।
राईले पौवादुङमा गाउँपालिकाको विभिन्न क्षेत्रसँगै अरुण गाउँपालिको माचुङ, सोर्याङलगायतका ठाउँमा पनि पुगेर दूध संकलन गर्ने गरेका छन् । व्यवसायी राईले दैनिक दुई सय ५० देखि तीन सय लिटरसम्म दूध संकलन गर्दै आएका छन ।
प्रतिक्रिया