देशको आर्थिक अवस्था सुदृढ हुन आवश्यक छ : मुख्यमन्त्री कँडेल

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संविधानमा लेखिएको सबै मौलिक हक कार्यान्वयन गर्न देशको आर्थिक अवस्था सुदृढ हुन आवश्यक रहेको बताएका छन् ।

आज सुर्खेतमा प्याब्सन कर्णाली प्रदेशको चौथो अधिवेशनको उद्घाटन गर्दै उनले नेपालको संविधानमा धेरै राम्रो र जनताको प्रतिनिधित्व गर्ने कुराहरू लेखिएको भए पनि अहिलेको देशको आर्थिक अवस्थाले गर्दा  सबै कुराहरु पुरा गर्ने  अवस्थामा सरकार नरहेको बताएका हुन ।

मुख्यमन्त्री कँडेलले सरकारलाई संविधानमा लेखिएका सबै मौलिक हक परा गर्ने अवस्थामा पुराउन समय लाग्ने भएपनि सरकारले सक्दो गरिरहेको उल्लेख गरे । 

मुख्यमन्त्री कँडेलले देश हामी सबैको भएकाले हामी सबै मिलेर देशको आर्थिक अवस्था सुधार गर्ने र देशमा नै रोजगारीको सिर्जना गर्ने काममा लाग्नु पर्ने दायित्व सबैको भएको बताए । देशको विकास सरकारले एक्लैले भन्दा पनि निजी क्षेत्र सहित सबै मिलेर गर्नुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा सामाजिक विकास मन्त्री घनश्याम भण्डारी निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनका केन्द्रिय अध्यक्ष सहित शिक्षक तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया