आधारभुत तहका उपभोक्ताको खानेपानीमा पहुँच सुनिश्चित गरेको छ : मुख्यमन्त्री आचार्य
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक घर एक धाराको अभियानले आधारभुत तहका उपभोक्ताको खानेपानीमा पहुँच सुनिश्चित गरेको बताएका छन् ।
आज अर्घाखाँचीको शितगंगा ८ भालुबांगमा आयोजित कार्यक्रममा उनले प्रदेश सरकारले अघि बढाएको एक घर एक धाराको अभियानले आधारभुत तहका उपभोक्ताको खानेपानीमा पहुँच सुनिश्चित गरेको बताएका हुन ।
प्रदेशमा ९२ प्रतिशत जनताको पहुँचमा खानेपानी पुगेको जानकारी दिदै मुख्यमन्त्री आचार्यले अव सुरक्षित पानीको पहुँच सुनिश्चत गर्न सरकार प्रतिबद्ध भएको बताए ।
प्रदेशमा साना तथा ठूला गरेर तीन हजार एक सय ७० खानेपानी आयोजना सञ्चालनमा छन् । १५ लाख ७ हजार ६ सय ६३ जना शुद्ध खानेपानीको पहुँचमा पुगेको छ ।
२ लाख ३७ हजार ३ सय ४८ धारा वितरण भएका छन् । चालु आर्थिक बर्ष २०८१\०८२ मा एक हजार तीन सय ९० आयोजना छन् । जसमा एक अर्ब ५६ करोड ३३ लाख बजेट रहेको छ ।
अघिल्ला सरकारको पालनामा सुरु भएका तर, ८० प्रतिशत काम सम्पन्न भएर पनि पानी वितरण हुन नसकेका १५६ वटा योजना यस बर्ष सम्पन्न भई पानी वितरण गर्ने योजना सरकारले बनाएको छ । यि आयोजना सम्पन्न भएको खण्डमा ७ लाख ७ हजार थप उपभोक्तामा पानी पुग्ने आँकलन गरिएको छ ।
प्रतिक्रिया