मधेश केन्द्रित राजनीतिक दलहरुको बैठक शुरु

काठमाडौं । मधेश केन्द्रित राजनीतिक दलहरुको बैठक शुरु भएको छ ।

बिहीवार सिंहदरबारमा  मधेश केन्द्रित राजनीतिक दलहरुको बैठक शुरु भएको हो । बैठकमा आठ वटा पार्टी सहभागी रहेका छन् । जसमा जनता समाजवादी पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी,नेपाल, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतिशिल पार्टी, तमलोपा रहेका छन् ।

मधेश केन्द्रित दलहरुले सरकारले संविधान संशोधन गर्ने विषय उठाएसँगै एकतावद्ध हुन र मधेशका मुद्दाहरु एक आवाजमा उठाउन भन्दै बैठक बस्दै आएका छन् । 

प्रतिक्रिया