हमासद्वारा ३ जनामध्ये एकजना इजरायली बन्धक सैनिक रिहा

एजेन्सी । प्यालेष्टिनी लडाकु  समूह हमासले बन्धक बनाएको आज रिहा हुने तीन इजरायली बन्धकमध्ये पहिलो अगम बर्जर गाजाबाट मुक्त भएकी  छन् ।

इजरायली सेनामा कार्यरत उनलाई हमासले सन् २०२३ मा अपहरण गरेको थियो  । प्यालेष्टाइनको गाजामा १५ महिनाभन्दा बढी समय बन्धक बनाइएका तीन जना इजरायली बन्धक बर्जरसँगै  अर्बेल येहुद र गादी मोसेसलाई आज रिहा गर्ने गर्ने अपेक्षा गरिएको छ । 

हमासले ७ अक्टोबर २०२३ मा  एक्कासी इजरायलमाथि आक्रमण गरेको थियो । त्यसमा १२ सय इजरायली मारिएका थिए भने २५० जना लाई अपहरण गरेर प्यालेष्टाइनको गाजामा बन्धक बनाइएको थियो । जसमा इजरायल लगायत बिभिन्न देशका नागरिक थिए ।

त्यसमा नेपालका बिपिन जोशी पनि अपहरणमा परेका थिए ।  आज ३ जना इजरायली सहित ५ जना जना थाई नागरिकलाई पनि हमासले रिहा गर्दैछ । बिपिनको बारेमा भने अझै स्पष्ट भइसकेको छैन । इजरायलले पनि त्यसकाने बदलामा इजरायली जेलमा रहेका ११० जना प्यालेस्टाइनीलाई रिहा गर्दैछ । गत जनवरी १९ मा इजरायल र हमासबीच भएको युद्धविराम सम्झौतापछि बन्धक बनाइएका हरुको यो तेस्रो रिहाई हो ।

प्यालेस्टिनी संचार माध्यमका  अनुसार बन्धक हस्तान्तरण स्थान हमासका पूर्व नेता याह्या सिनवारको घरको भग्नावशेष बाहिर स्थापित गरिएको थियो। बर्जरलाई रेडक्रसको जिम्मा लगाएर रिहाइ गरिएको हो । 
 

प्रतिक्रिया