सरकारको कार्यशैलीप्रति विपक्षी दलले सशक्त प्रतिवाद गर्छौँ : वर्षमान पुन
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले अध्यादेशमार्फत सरकार चलाउन खोज्ने सरकारको कार्यशैलीको विपक्षी दलले सशक्त प्रतिवाद गर्ने बताएका छन ।
प्रेस सेन्टर पाल्पाले तानसेनमा आज गरेको पत्रकार भेटघाटमा पुनले अध्यादेशमार्फत शासन चलाउन खोज्नु गलत भएको टिप्पणी गरेका हुन् ।
उपमहासचिव पुनले संसद्ले कानुन बनाउनुपर्नेमा त्यसको अवहेलना गर्दै अध्यादेश जारी गरी स्वेच्छाचारी ढङ्गले शासन गर्ने तरिका स्वीकार्य नहुने बताए ।
उपमहासचिव पुनले सरकारको कार्यशैलीले संसद्को गरिमा र सरकार सञ्चालकमाथि नै नै प्रश्न उठेको समेत उल्लेख गरे ।
शुक्रबारदेखि शुरु हुने संसदमा प्रतिपक्ष दलले संयुक्त रुपमा सरकारको कार्यको विरोध जनाउने उनले जानकारी पनि दिए ।
प्रतिक्रिया