ओखलढुंगामा जीप दुर्घटना हुँदा ३ जनाको घटना स्थलमै मृत्यु

ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका अन्तर्गत भँडारे खोलामा ना.१ज ६४२१ नम्बरको सुमो जीप दुर्घटना हुँदा ३ जनाको घटना स्थलमै मृत्यु भएको छ ।

खोटाङ बाट बिरामी लिएर काठमाडौं जाँदै गरेको सुमो आज (बिहीबार) बिहान साढे ६ बजे दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।

दुर्घटनामा ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र उनकी बहिनी ४५ वर्षीया तारा गुरुङको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

जीप खोटाङको केपीलासगढी गाउँपालिका बाट उपचारका लागि बिरामी लिएर काठमाडौं आउँदै गरेको बताइएको छ । दुर्घटना राती नै भएको हुन सक्ने आंशंका गरिएको छ । जीप चालक सुनसरी जिल्लाको इनरुवा निवासी २२ वर्षीय अनिल पण्डित भने फरार छन् । 

बिरामी माया गुरुङलाई उपचारका लागि छोरा र बहिनीले काठमाडौं लिएर हिँडेका थिए । जीपमा चालक सहित चार जना मात्रै सवार थिए ।

प्रतिक्रिया