मधेस र तराईका क्षेत्रहरुमा शितलहरका कारण जनजीवन प्रभावित
काठमाडौं । मधेस प्रदेशको जनकपुरधाम सहित तराईका विभिन्न क्षेत्रहरुमा शितलहरका कारण जनजीवन प्रभावित बनेको छ ।
एकाएक चलेको चिसो हावा र बिहीबार राती शितको वर्षा भएपछि जनकपुरधाम क्षेत्रमा अत्याधिक चिसो महशुस गरिएको हो । अत्याधिक चिसो र घाम अभावका कारण ग्रामिण जनजिवन ठप्प छ । दैनिक ज्यालादारी र मजदुरी गर्नेहरु मारमा परेका छन् ।
मधेसको जनजीवन बिहान १० बजे सम्म ठप्प नै हुन्छ । हुस्सु दिउँसो मात्रै खुलने गरेको स्थानीयहरु बताउँछन् । चिसो बाट गरिव विपन्नहरुलाई धेरै समस्या परेका छ । अहिलेको मौसमले बालबालिकाहरुलाई बढी असर गरिरहेको स्थानीयको भनाइ छ ।
केही दिनपछि मौसम खुल्ने अनुमान गरिएको स्थानीय बताउँछन् । बाक्लो हुस्सु÷कुहिरोका कारण जनकपुरमा विमानहरुले उडान भर्न सकेको छैन । स्थानियहरु आगो तापेर तथा ग्रामिन भेगमा पराल बालेर चिसो छल्ने गरेका छन् ।
प्रतिक्रिया