जितका लागि अष्ट्रेलियाले नेपाललाई दियो १ सय ४० रनको लक्ष्य

काठमाडौं । आइसीसी यू–१९ महिला टी२० विश्वकप क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा जितका लागि अष्ट्रेलियाले नेपाललाई १ सय ४० रनको लक्ष्य दिएको छ ।

मलेसियाको युकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रन बनाएको हो । त्यसअघि टस हारेर बलिङको निम्तो पाएको नेपाल अष्ट्रेलिया विरुद्ध जवाफी ब्याटिङमा उत्रिएको छ ।

यसअघि पहिलो खेलमा बङ्गलादेशसँग ५ र दोस्रो खेलमा स्कटल्याण्ड सँग १ विकेटले पराजित नेपालका लागि ‘सुपर–६’ मा पुग्ने झिनो सम्भावना मात्र बाँकी छ । त्यसका लागि अष्ट्रेलियालाई पराजित गर्नुपर्नेछ ।

यसअघि अष्ट्रेलियाले स्कटल्याण्डलाई ९ र बङ्गलादेशलाई २ विकेटले पराजित गरेको थियो । अष्ट्रेलिया भने विश्वकपको ‘सुपर–६’ मा छनोट भइसकेको छ ।

प्रतिक्रिया