सडक आश्रित मानवको पुन: स्थापनाका लागि ७ दिने महायज्ञ शुरु

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सडक आश्रित मानवको पुन: स्थापनाका लागि खाना, नाना, र छानाका लागि सात दिने ज्ञान सप्ताह शुरु भएको छ ।

महायज्ञको उदघाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानव सेवा, विकास र उन्नतिको लागि महायज्ञको माध्यमबाट गरिएको योगदानप्रति प्रशंसा  गरे । प्रदेश सरकारले मानव सेवा आश्रममा आश्रित व्यक्तिहरूको स्वास्थ्य उपचारका लागि स्वास्थ्यकर्मीको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ ।

सबैका लागि खाना, नाना,छाना,स्वास्थ्य र शिक्षाको चाहाना पुरा गर्ने उद्देश्य पुरा गर्न सहयोगापेक्षी तथा सडक आश्रित मानव मुक्त राष्ट्र निर्माण अभियान अन्तर्गत  भवन निमार्ण गर्न लागिएको हो । मानवसेबा आश्रमकोे भवन साढे ७ करोड रुपैंया लागानीमा निर्माण भएको छ ।

प्रदेश र स्थानिय सरकारको  १ करोड ८३ लाख सहयोग भएको र बाकी रकम बिभिन्न दानबाट संकलन भएको छ । सातदिने महायज्ञमा  कमल नयन गौतम प्रमुख कथा बाचन रहेका छन् । महायज्ञ सफल बनाउन संस्थाका अभिभावक लोकनाथ  भुसालको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको छ ।

संयोजक भुसालले सेवा नै धर्म भएको बताए । माघ १४ गते सम्म संञ्चालन हुने यो महा यज्ञमा ३ करोड बढि आर्थिक संकलन गर्ने लक्ष राखिएको छ । महायज्ञ शुरु भएसँगै बिभिन्न संघ सस्था उद्योगि ब्यावसायी स्थानिय समाज सेबीहरुले सहयोग दिने क्रम जारी रहेको छ ।

प्रतिक्रिया