ट्रम्पले अमेरिकामा आप्रवासीका लागि शरण माग गर्ने एप खारेज गरे
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यभार समहाले लगत्तै आप्रवासनलाई नियन्त्रण गर्ने कदम चालेका छन्।
उनले हिजो नयाँ राष्ट्रपतिका रुपमा सपथग्रहण गरे लगत्तै कार्यभार सम्हालेका थिए । ओभल अफिसको आफ्नो कार्यालयबाट कार्यकारी आदेशहरू जारी गरेर ’जन्मका आधारमा नागरिकताको हक’ को परिभाषा परिवर्तन गर्नेदेखि सीमाबाट हुने गैरकानुनी प्रवेशलाई रोक्न मेक्सिकोसँगको सीमामा राष्ट्रिय सङ्कटकाल घोषणा गर्ने विषय समेटेका छन् । तर जन्मिएकै आधारमा नागरिकता प्राप्त गर्ने अधिकारलाई बदल्ने उद्देश्य राखेका सहित उनका कतिपय आदेशले कानुनी झमेलाको सामना गर्नुपर्ने बताइएको छ ।
ट्रम्पको नयाँ प्रशासनले ‘सीबीपी वान’ नामक ‘एप’ रद्द गरेपछि केही घण्टाअघि नै हजारौँ विदेशीहरूका आप्रवासनसम्बन्धी कामका लागि सरकारी भेटका लागि आरक्षित समय रद्द भएको थियो। उक्त ’एप’ सीमा प्रवेश बिन्दुमा उपस्थितिको समय लिनका लागि प्रयोग गर्ने गरिन्थ्यो।
ट्रम्पले जो बाइडेन नेतृत्वको ह्वाइट हाउसको ‘विध्वशंकारी’ नीतिहरू पाँच मिनेटभित्रै खारेज गर्ने बताउँदै आएका थिए।
ट्रम्पले राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा छिरे लगत्तै जो बाइडेनको ७८ वटा नीतिहरूको खारेज गर्दै कार्यकारी कार्यहरूको श्रृंखलामा हस्ताक्षर गरेका छन्। ट्रम्पले जनवरी ६, २०२१ मा विभिन्न अभियोग लगाइएका १ हजार ५ सय मानिसहरूलाई माफी दिएका छन् । यूएस क्यापिटलमा हमला, र देशद्रोहको षड्यन्त्रको दोषी ठहरिएकाहरुको सजाय घटाएका छन् ।
प्रतिक्रिया