कार्यकारी आदेशको वर्षासँगै अमेरिकाको बागडोर सम्हाल्दै ट्रम्प

एजेन्सी । आप्रवासनदेखि वातावरण र सांस्कृतिक युद्धसम्म सबै विषयमा आफ्नो शपथग्रहणको केही घण्टापछि हस्ताक्षर गरिएको कार्यकारी आदेशको लहरमा सवार भएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार आफ्नो कार्यकालको पहिलो पूर्ण दिन शुरु गरेका छन् ।
आफ्नो शपथग्रहण समारोहको धुमधाम र कार्यकारी आदेशहरूको आश्चर्यजनक शृङ्खलापछि राष्ट्रपतिको मङ्गलबार एक गम्भीर कार्यक्रमबाट शुरु हुँदैछ : राष्ट्रिय गिर्जाघरमा प्रार्थना सेवा ।
७८ वर्षीय ट्रम्पले अन्तिम पटक जनवरीको शुरुमा दिवङ्गत राष्ट्रपति जिमी कार्टरको अन्त्येष्टिमा अमेरिकी राजधानीको नियो–गोथिक चर्चको भ्रमण गरेका थिए ।
पेरिस जलवायु सम्झौता र विश्व स्वास्थ्य सङ्गठनबाट फिर्ता हुने प्रक्रिया शुरु गर्ने सहित सोमबार गरेका कार्यहरूको वर्षा देश र विश्वले पचाइरहेको बेला ट्रम्पबाट थप कार्यकारी आदेशहरू आउने वा नआउने अस्पष्ट थियो ।
एक एरिनामा गर्जिरहेका समर्थकहरूको सामु र त्यसपछि ओभल कार्यालयमा हस्ताक्षर गरिएको नीतिगत परिवर्तनहरूको लामो सूचीले आठ वर्षअघिको तुलनामा ट्रम्पको बढेको तयारीको स्पष्ट प्रतीक प्रस्तुत ग¥यो । आठ वर्षअघि उनी शून्य शासन अनुभवका साथ ह्वाइट हाउस प्रवेश गरेका थिए ।
चिसो मौसमका कारण भित्र आयोजित समारोहमा क्यापिटलमा शपथ लिएपछिको भाषणमा रिपब्लिकन राष्ट्रपति ट्रम्पले डेमोक्रेट जो बाइडेनको चार वर्षे राष्ट्रपति कार्यकालपछि ‘अमेरिकाको पतन समाप्त भएको छ’ भने । उनले प्रतिज्ञा गर्दै भने, “अमेरिकाको स्वर्णिम युग अहिलेबाट शुरु हुन्छ ।”
८२ वर्षीय बाइडेनले शपथग्रहण समारोहमा आफ्नो एकल कार्यकालको अन्त्येष्टि पाठ पढिरहेका आफ्नो राजनीतिक शत्रुलाई कठोर मुद्रामा हेरे । तर धुमधाम र समारोहपछि कहिलेकाहीँ बलियो नेता शैलीको वाक्यांशका साथ दिनको पछिल्लो समयमा देखिएका थिए पहिलो कार्यकालका शोम्यान ट्रम्प ।
“के तपाईं बाइडेनले यस्तो गरेको कल्पना गर्न सक्नुहुन्छ ? मलाई लाग्दैन”, ट्रम्पले वासिङ्टनको एक खेलकुद एरिनामा हर्षित भीडलाई पहिलो चरणका आदेशहरूमा हस्ताक्षर गर्न प्रयोग गरेका कलमहरू फ्याँक्दै भने ।
– जनवरी ६ का माफीहरू –
ओभल कार्यालयमा फर्केर उनले थप आदेशहरूमा हस्ताक्षर गर्दै एक अनौपचारिक ५० मिनेटको पत्रकार सम्मेलन गरे । कार्यकारी आदेशमा करिब एक हजार पाँच सय क्यापिटल दङ्गाकारीहरूलाई माफी दिने एक आदेश समावेश थियो ।
उनीहरूलाई सन् २०२१ जनवरी ६ मा बाइडेनको चुनावी विजय प्रमाणीकरण रोक्न खोज्ने हजारौँ ट्रम्प समर्थकहरूद्वारा कांग्रेसमाथि गरिएको आक्रमणमा भाग लिएको आरोपमा मुद्दा चलाइएको थियो ।
“उनीहरू आज राति खुलेर बाहिर आउनेछन् भन्ने हामीलाई आशा छ”, ट्रम्पले भने, “उनीहरूले यसको अपेक्षा गरिरहेका छन् ।” उनले मेक्सिको सीमामा राष्ट्रिय आपत्काल घोषणा गर्ने आदेशमा हस्ताक्षर गरे र कमला ह्यारिसमाथिको आफ्नो चुनावी विजय हासिल गराउने प्रमुख चुनावी मुद्दा गैरकानूनी आप्रवासनको सामना गर्न अमेरिकी सेना तैनाथ गर्ने बताए ।
राष्ट्रपतिमा पुनरागमन गरेका उनले प्रायः राष्ट्रवादी स्वरमा व्यापार शुल्क लगाउने, मेक्सिकोको खाडीको नाम ‘अमेरिकाको खाडी’ राख्ने र सन् १९९९ देखि मध्य अमेरिकी देशको नियन्त्रणमा रहेको पनामा नहरलाई ‘फिर्ता’ प्रतिज्ञा गरे ।
तर उनले पद सम्हाल्नु अघि युक्रेनमा शान्ति सम्झौता गर्ने आफ्ना पूर्व प्रतिज्ञाहरूलाई कम महत्त्व दिए । उनले भ्लादिमिर पुटिनलाई भेट्ने पुष्टि गर्नुभयो र पुटिनले युद्ध अन्त्य गर्न सम्झौता नगरी ‘रुसलाई नष्ट’ गरिरहेको बताए ।
अमेरिकी सेवा सदस्यहरूसँग ‘कमान्डर–इन–चिफ’ कार्यक्रमबाट शुरु गर्दै ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले पछि धेरै उद्घाटन नृत्यहरूमा भाग लिए ।
“राजनीतिक एजेन्डाको बारेमा चिन्ता गर्नुको सट्टा तपाईंले यसको बारेमा चिन्ता गर्नुपर्दैन”, ट्रम्पले भने, “यो केवल अमेरिकाका शत्रुहरूलाई पराजित गर्ने एउटा ध्यान हो । हामी पराजित हुनेछैनौँ । हामी अपमानित हुनेछैनौँ । हामी केवल जित्नेछौँ, जित्नेछौँ, जित्नेछौँ !”
पहिलो पटक राष्ट्रपति पदको दौडमा पोर्न स्टारलाई पैसा दिएको अभियोगमा दोषी ठहरिएपछि ट्रम्पले पदभार ग्रहण गर्ने सबैभन्दा पुरानो राष्ट्रपति र पहिलो अपराधी दुवैका रूपमा इतिहास रचेका छन् । उनी सन् १८९३ मा ग्रोभर क्लिभल्यान्डपछि सत्तामा फर्कने अमेरिकी इतिहासमा दोस्रो राष्ट्रपति पनि हुन् ।

जनयुद्धको स्मरण गर्दै प्रचण्डले भने– यो पनि समाजवादी क्रान्तिको सङ्कल्प हो
टर्कीएमा विषाक्त मदिरा सेवनले ३३ जनाको मृत्युु
सार्वजनिक जग्गामा बनाइएको संरचना हटाइयो

औद्योगिक क्षेत्र सुधार गर्दै सरकार
बालयौन दुर्व्यवहारमा मदन राईलाई साढे २ वर्ष कैद सजाय
पाकिस्तानमा बाढी र खडेरीका कारण ४ करोड मानिस प्रभावित
हिउँदमा पनि मनाङ घुम्न आए ४६ देशका पर्यटक
_vQLHFXVx8S_drsrfojcg7uhfensjhmbditehfwfy8q1fr77mppol1dsd40zqzti5xd0nek7_IGCBhNywKN_0oai0oafluieymb4niwewrr99heocucy0wq8obdgnmxj8h6eaofytfwbnmeq.jpg)
प्रतिक्रिया