वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगेको अभियोगमा तीन ३ पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ३१ लाख ठगी गरेको अभियोगमा ३ जनालाई काठमाडौं उपत्यकाका विभिन्न स्थान बाट पक्राउ गरिएको छ ।
बाग्लुङ ताराखोला गाउँपालिका–३ का तिलकबहादुर कार्की, प्युठान नौबहिनी गाउँपालिका–६ का हरिबहादुर बिष्ट र स्याङ्जा गल्याङ नगरपालिका–८ की जमुना परियारलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय बाट परिचालन भएको टोलीले सोमबार अपाह्न पक्राउ गरेको हो ।
अभियुक्त परियारले २८ लाख, कार्कीले १लाख र बिष्टले २ लाख ठगेको केन्द्रीय प्रहरीले जनाएको छ । उनीहरूलाई थप कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।
यसैबीच, मोबाइल तथा व्यक्तिगत कागजातहरू चोरी गरी ठगीमा संलग्न भएको अभियोगमा उदयपुर रौतामाई गाउँपालिका–७ का स्थायी बासिन्दा ध्रुवकुमार राय र राजन डङ्गोललाई पक्राउ गरिएको छ ।
नक्कली शैक्षिक प्रमाणपत्र सहित पक्राउ
त्रिभुवन विश्वविद्यालय बाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्र सहित काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–५ श्रीखण्डपुर बस्ने ४८ वर्षीय विकास श्रेष्ठलाई पक्राउ परेका छन् ।
निजले ब्याचलर डिग्री इन बिजनेस स्टडिज र मास्टर डिग्री इन बिजनेस स्टडिजको नक्कली ट्रान्सक्रिप्ट लिएको सूचनाका आधारमा त्रिभुवन विश्वविद्यालयको अभिलेखमा भिडाइ हेर्दा सूचना सत्य भएको जानकारी भएपछि उनलाई धुलीखेल बाट सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
रासस
प्रतिक्रिया