स्थिर सरकारबाट मात्रै विकासको काम अघि बढ्छ : नेता कोइराला

चितवन । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले देशलाई स्थिरता र विकास दिनका लागि अहिलेको सरकार बनेको बताएका छन् । दुई ठूला दल मिलेर बनेको सरकारले देशमा राजनीतिक स्थिरतासँगै विकास निर्माणमा जोड दिने उनले विश्वास व्यक्त गरे ।
पत्रकारहरुसँग कुरा गर्दै उनले दुई ठूला दलको नेतृत्वमा बनेको सरकारले राजनैतिक स्थायित्वसँगै विकास निर्माणका लागि काम गर्नुपर्ने बताए । उनले भने, “अहिले नै सरकार परिवर्तन हुन्छ भन्ने मलाई लाग्दैन ।” अब नेपालको विकासका लागि स्थिर सरकार दिएर अघि बढ्नुपर्ने उनी बताउँछन् ।
स्थिर सरकारबाट मात्रै विकासका काम अघि बढ्ने उनको भनाइ छ । संविधान संशोधनका लागि सबै दलसँग सहकार्य गर्दै अघि बढ्न कांग्रेस तयार रहेको उल्लेख गर्दै उनले विपक्षी दलहरुसँग समेत छलफल भइरहेको बताए । संविधान परिवर्तन गर्दा कुन बुँदामा गर्ने हो स्पष्ट हुनुपर्ने उनको भनाइ छ ।

कृषि ऐन ल्याउने सरकारको तयारी

पृथ्वीचन्द्र अस्पतालमा सघन उपचार शुरू

कृत्रिम जलाशय निर्माण गरी सिँचाइ
जलविद्युत आयोजना ठेक्का प्रक्रियामा संग्लन भएको छैन : ऊर्जामन्त्री खड्का

विपिनको रिहाइका लागि सभामुखले अरब संसदलाई लेखेको पत्रमा के छ ?

प्रतिक्रिया