एपीएफको लगातार छैटौँ जित, रश्मिले गरिन् ४ गोल

काठमाडौं । एपीएफ फुटबल क्लबले एन्फा राष्ट्रिय महिला लिगको अन्तिम चरणमा लगातार छैटौँ जित निकालेको छ । शुक्रवार भएको खेलमा एपीएफले वालिङ नगरपालिकालाई १०–० गोल अन्तरले हराएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफको जितमा रश्मिकुमारी घिसिंङले ४, सरु लिम्बु र सविता राना मगरले समान २–२ तथा प्रीति राई र रेनुका नगरकोटीले समान १–१ गोल गरिन् ।

जितसँगै शीर्ष स्थानको एपिएफको ६ खेलबाट १८ अंक भएको छ । वालिङको यो लगातार छैठौं हार हो । छैटौं खेल हारेको वालिङ तालिकाको पुछारमा छ ।

लिगमा १३ अंकसहित त्रिभुवन आर्मी क्लब दोस्रो, १० अंकका साथ नेपाल पुलिस क्लब तेस्रो, बागमती युथ क्लब ३ अंकका साथ चौथो र वालिङ अंक विहिन हुँदै तालिकाको पुछारमा छ ।।

प्रतिक्रिया