भारतीय अभिनेता सैफ अली खानमाथि छुरा प्रहार
एजेन्सी । बलिउड अभिनेता सैफ अली खानमाथि गएराति छुरा प्रहार भएको छ ।
भारतीय प्रहरीका अनुसार एक अज्ञात व्यक्ति सैफ अली खानको घरमा प्रवेश गरेर उनका घरेलु कामदार माथि आक्रमण गरेका थिए । त्यसमा हस्तक्षेप गर्न जाँदा सैफ र ती व्यक्तिबीच झगडा भएको थियो । यसमा अभिनेता सैंफमाथि उनको घरमा प्रवेश गरेका ती व्यक्तिले छुरा प्रहार गरेका थिए त्यसपछि सैंफ घाइते भएका हुन् । अहिले उनको उपचार भइरहेको छ ।
अस्पतालका अनुसार सैंफको शरीरमा छ ठाउँमा चोट लागेको छ । जसमध्ये दुईवटा गहिरो छन्। एउटा घाउ मेरुदण्डको छेउमा छ। उनको शल्यक्रिया भइरहेको छ। चोट कति गहिरो छ, शल्यक्रियापछि थाहा हुनेछ ।
सैफकी पत्नी करीना कपुरको पीआर एजेन्सीले पनि हिजो राति उनको र सैफको घरमा चोरीको प्रयास भएको जानकारी दिएको छ । सैफको हातमा चोट लागेको जनाएको छ । परिवारका अन्य सदस्यहरु सकुशल रहेका छन् । आफ्ना प्रशंसकहरुलाई धैर्यता सलन पनि करीनाको एजेन्सीले आग्रह गरेको छ ।
घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ । उनको लीलावती अस्पतालमा उपचार भइरहेको हो । ब्रान्डाको घरमा अज्ञात व्यक्तिले सैंफलाई आक्रमण गरेको थियो।
सिंहदरबार स्थित खानेपानी मन्त्रालयमा आगलागी
प्रहरीका ७५ जना इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)
निर्माणाधिन सडक योजनामा १६ करोड बजेट थप
तीस किलोको खुकुरी !
पोखरा भ्रमण वर्ष घोषणाको तयारीमा महानगर

आजको मौसम : तराईमा हुस्सु, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
वन नजिकका बस्तीमा जङ्गली हात्तीको उपद्रो

प्रतिक्रिया