सहकारी ठगीमा फरार जीबी राईको राहदानी रद्द गर्न आदेश

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगीमा फरार गीतेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ ।

अदालत स्रोतका अनुसार जीबी माथिको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा अदालतमा विचाराधीन छ । मुद्दा प्रक्रियामा सहभागी नभइराखेको अवस्था छ । विदेशमा रहेको भन्ने जानकारीका आधारमा राहदानी रद्द गरी लिन सकिन्छ भन्ने उद्देश्यले राहदानी रद्द गर्न अनुमति दिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिल कार्यालयमार्फत जीबीलाई विदेशबाट पक्राउ गरी नेपाल ल्याउनका लागि राहदानी रद्द गर्न माग गर्दै अदालतमा निवेदन दिएको थियो ।

प्रतिक्रिया