प्रहरी प्रवक्ताको जिम्मेवारी आचार्यलाई
काठमाडौं । केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्यलाई दिइएको छ ।
नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका कामकारबाहीलाई सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि आचार्यलाई आजदेखि केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।
महानिरीक्षकको सचिवालयमा कार्यरत आचार्यलाई शुक्रबारबाट प्रवक्ताको जिम्मेवारी दिइएको हो । यसअघि एसएसपी विश्व अधिकारी प्रवक्ताको जिम्मेवारीमा थिए ।
प्रहरी नायब महानिरीक्षक आचार्यलाई ९८५१२९२१११ र इमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिनेछ ।
प्रतिक्रिया